सुन प्रकरणका दुई प्रहरीमाथि म्याद थप

काठमाडौं । कमलादीबाट बरामद भएको भनिएको ‘सुन’ प्रकरणमा मुछिएका दुई प्रहरी जवानलाई संगठित अपराध मुद्धामा अनुसन्धान अघि बढाइएको छ ।

दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर सिंह कठायत र प्रशन्न श्रेष्ठलाई संगठित सुन तस्करी मुद्धामा अनुसन्धान शुरु गरिएको हो । उनीहरुले मिलेमतोमा साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद गरेर कारोबारीलाई भगाएको आरोप लागेको छ ।

जिल्ला अदालत काठमाडौंले आईतबार उनीहरुलाई हिरासतमा राखेर संगठित सुन तस्करी मुद्धामा अनुसन्धान गर्न अनुमति दिएको काठमाडौं प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?