काठमाडौं । हास्यकार्यक्रम ह्वाट द फ्लपको एक विवादित पात्र हटाइएको छ । अर्थात अब सो कार्यक्रममा सन्दीप क्षेत्री मिठाइलाल जादवको भूमिकामा देखिने छैनन् ।
कान्तिपुर टेलिभिजनबाट प्रसारित सो कार्यक्रमको संचालक क्षेत्रीले मिठाई लाल जादवको चरित्रमा अभिनय गर्दा मधेशी समुदायलाई होच्याउने गरेको गुनासो भइरहेको थियो । यसबारेमा प्रेस काउन्सिलमा उजुरी समेत परेको थियो ।
सो उजुरीपछि कान्तिपुर टेलिभिजनले सो कार्यक्रममा संशोधन गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया