काठमाडौं । नेपाल कोरोना संक्रमणको हिसावले विश्वको ६५ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म २० हजार ३ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये १४ हजार ६ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ५७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
नेपालमा बितेको २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । हाल देशभरका क्वारेन्टाइनमा १० हजार ९ सय ५४ जना रहेका छन् । भने ५ सय ३८ जना कोरोना संक्रमणको उच्च जोखिम अर्थात रेड जोनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ८१ लाख १४ हजार ७ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १ करोड १३ लाख ९१ हजार ९ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ६ लाख ९० हजार ४ सय २८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया