२०७७, १८ श्रावण आईतवार १९:४१

मेरो यात्राको पुरानो डायरी ‘इरान’


प्रकाशित मिति : २०७७, १८ श्रावण आईतवार १९:४१

काठमाडौं । सन् २०१५ तिरको अगस्टको महिना, भर्खर २० बर्ष टेकेको उमेर, जीवनको दोस्रो फ्लाईट, दुबइ देखी कृस आइल्यान्ड सम्म । घुम्न जान कस्लाई मन पर्दैन होला त । त्यसमा पनि विदेश यात्रा । ६५४ कृश एयरको फ्लाईट नम्बर, हाम्रो यात्रा मद्यपुर्वको ईरानको सानो टापु कृश, साथमा छन अशोक थापा । हामी पत्रकारिताको लागि मद्यपुर्वका बिभिन्न देशको यात्रामा थियौ । मध्यपुर्वमा नेपाली कामदारको स्थितिको बारेमा थियो हाम्रो मिसन ।

ईरान, एक सक्तिशाली देश, मुस्लिम देश, अनी हामीले पढेको बिभिन्न तथ्य, उमेरले सानै भएर होला। अशोक सर भन्दै हुनुहुन्थ्यो “केही चिन्ता गर्नु पर्दैन म छु’’ बोलिमा बरु उहाँको डर झुल्किथ्यो । म त रोमन्चित थिए । घुम्न मलाई असाध्यै मन पर्छ । दुबइ एयरपोर्टको टर्मिनल २ बाट १ घण्टा को हवाइ यात्रा पछी हामी पुग्यौ किश आइल्यान्ड ।

हुन त नेपालीलाई कहाँ सजिलो छ र बिदेशको घुमघाम, हरियो पासपोर्ट बोकेर डलर खर्च गर्न, हाम्रो जस्तो विकासोन्मुख देशले प्रदेश रोजगारिकै लागी जानु पर्ने बाध्यता छ । हामी जस्तो कैयौँ नेपाली मद्यपुर्वको देशमा हेपिनु त्यती ठुलो कुरा त होइन । त्यसमा पनि ईरान मुस्लिम देश, हामीलाई अरबिक नआउने उनिहरुलाई अङ्ग्रेजी नआउने सबै सांकेतीक भाषाले नै काम चलाइयो । जब भाषा बुझिदैन तब सबै भन्दा ठुलो भाषा सांकेतीक हुने रहेछ ।

बहिर एकजना ’होटल होलिडे’ को होडिङ बोर्ड बोकेर बसेकाले बसतिर ईशारा गर्यो । गाडीमा हामी चुपचाप बस्यौ । जब नेपाली रोजगारिको सिलसिलामा प्रदेशिन्छन, तब एयरपोर्टमा १०–१२ घण्टा पछी आउँछ यसै गरी कम्पनीको गाडी, कती त २–३ दिनसम्म पनि कम्पनी नआएर एयरपोर्टमा नेपालबाट ल्याएको चिउरा र दाल्मोठमा बसेका हामीले दुबइ एयर्पोर्टमै देखेका थियौ ।

सफा सडक, दाँया बाँया ढकमक्क फुल, हरियाली बगैँचालाई पछ्याउँदै गाडी हुइकिरहेको थियो । बाहिरको दृश्यले मेरो मुखबाट निस्कियो “ईरान पनि यती बिकासित रहेछ”। मेरो शब्दले कालो बुर्काले सबै अनुहार छोपी आँखा मात्र देखाएकी हामी भन्दा अगाडिको सिटको महिलाले यसरी हेरिन कि मैले बोल्न नहुने नै बोले। मैले बुझेको अरबिक देश कुनै अरबिक महिलालाई जिस्क्याएमा ठुलो अपराध हो । कुनै महिलाले प्रहरीमा रिपोर्ट गरिदिएमा जेल जीवन नै हुन सक्छ । धेरै नेपाली जानेर वा नजानेर यो केशले जेल जीवन बिताइरहेका छन । अझ यो मामलामा साउदी र ईरान त धेरै कट्टर छन। अरबिक देशमा बुर्का लगाएकी मुस्लिम महिलालाई ठाडो सिरले हेर्न समेत पाइदैँन।

“तपाईंहरु पनि नेपाली हो” यो शब्दले हामी आँफै छक्क पर्यौ । उनी नेपाली महिला नै रहेछिन । उनी थिइन साबित्री रेग्मी (हाल अमेरिका) पेसा ले सिए, दुबइको एउटा कम्पनीमा काम गर्ने रहेछिन । भिसा परिवर्तनको लागि आएकी रहेछिन । म त खुशी नै थिए बसाइ रमाइलो नै हुने भयो । एक जना साथी जो थपिएको थियो । पछाडिको सिटबाट अर्को बोली सुनियो हामीहरु पनि नेपाली नै हौ । पछी बुझ्दै जाँदा बसमा ८० प्रतिशत त सबै नेपाली नै रहेछन ।

एउटा कोठा १० वटा साना साना खाट राखिएको रहेछ । महिला र पुरुषका लागि छुट्टै बल्क, अब सियरिङ्गमा सुत्नु पर्ने रहेछ। हामीले छुट्टै कोठाको लागि भन्यौ तर नेपालबाट भिजिट भिसामा रोजगारिको लागि भिसा परिवर्तन गर्न नेपाली जाने ठाउँमा उल्टै गाली गर्ने रहेछ । बरु नेपाली मात्र भएको कोठामा मिलाइए । हुन त प्रदेशमा नेपाली भन्ने बित्तिकै आफ्नै जस्तो लाग्छ । होटलको कोठा न ७ अब पुरै नेपालीले भरियो। आफ्नो लगेज राखेर म गए रेस्टुरन्टमा ।

गाडीमा मात्र हैन होटलमा समेत अब धेरै नेपाली भेटिन लाग्यो। नेपालीको कथा सुनिन थालियो । कोही कोही ३–४ महिना देखी त्यस होटलमा बसिरहेका थिए । कोही भन्दै थिए, सबै पैसा सकेर पैसा उठाएर उद्दार समेत गर्नुपर्ने रहेछ । झापाको क्रिश सुनार पनि बिगत ३ महिना देखी युएइको रोजगार भिसाको पर्खाइमा रहेछन। अर्का स्याङ्जाका तीन जनाको टोली पनि नेपालको ल्याब टेक्निसियनको पढाई सकेर युएइको रोजगार भिसाको पर्खाइमा रहेछन । कोही घर जग्गा बेचेर युएइ कामको लागी आएका रहेछन । यो ठाउमा अधिकांश नेपालको एयरपोर्ट मा मोटो रकममा सेटिङ गरेर भिजिट भिसामा आउने र युएइमा काम खोजेर भिसा परिवर्तनको लागि आउने रहेछन । हामीले बुझ्दा नेपालमा श्रम गर्दा धेरै झन्झट हुने र म्यानपावर बाट आउँदा कम पैसा पाउने र तोकिएको भन्दा बढी काम गर्नु पर्ने भएर यो गर्नुपरेको भने । त्यहा कती जना नेपाली छन भन्ने न नेपाल सरकार सँग कुनै अभिलेख छ न त कुनै नेपाली नियोग नै छ त्यहा। एक नेपाली को लागि अर्को नेपाली मात्र साहायता ।

सानो टापु तर धेरै रमाइलो ठाउँ, हामीहरुले सबै ठाउँ घुम्यौ । नेपाली दाजु भाई सँग आत्मियता साट्यौँ। समुद्र सँग भलाकुसारी गर्‍यौ। ईरानको कानून र नियम अगाल्दै हामीले पुराना कला कौशल अवलोकन पनि गर्‍यौँ । ४ दिनको बसाइपछि म फर्कने निर्णय गरे साबित्री रेग्मीसँग फेरी दुबइ । साथी अशोकले २ दिन बस्ने निर्णय गरे । म फर्कने दिन फेरी २० जना नेपाली म बसेको होटलमा आए । गरुङो मन लिएर हामी चै एयर पोर्ट तिर लाग्यौ।

प्रतिक्रिया दिनुहोस