लद्दाखमा चीनले तैनाथ गर्यो बिध्वंसक ‘बम्बर जेट’!

काठमाडौं । भारत र चीनको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा जारी तनावका बीच चीनले बम्बर जेट तैनाथ गरेको छ ।

साथै चीनले आफ्नो सैन्य शक्ति पनि बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारी बिध्वंसक हतियारले भरिएको बम्बर जेट तैनाथ गरेपछि भारतमा खैलाबैला मच्चिएको छ । स्याटेलाइटको तस्वीरमा चीनले बिध्वंसकबम्बर जेट तैनाथ गरेको देखिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

जापानको इन्टेलिजेन्ट्स सोर्सको स्याटेलाइटमा उक्त दृश्य देखिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

चीनले उक्त क्षेत्रमा ६शियान एच ६बम्बर तैनाथ गरकेो छ । ति मध्ये दुई पेलोडको साथमा छन् ।

त्यो बाहेक १२ शियान जेएच-७ फाइटर बम्बर पनि तैनाथ गरेको छ । त्यति मात्रै नभएर वायुसेनाले-४ शेयान्ग जे ११/१६ फाइटर प्लेन पनि तैनाथ गरेको छ ।

यसको रेन्ज ३५३० किलोमिटर रहेको छ ।

भारतले पनि आफ्नो तयारी थालेको बताएको छ । भारतले फाइटर जेट्स तैनाथ गरेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?