काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) बाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता डा। जागेश्वर गौतमले बताए । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको ति वृद्धामा १६ गते कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ५७ पुगेको छ ।
यसैबीच आइतबार नेपालमा थप २ सय ४६ जनामा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै ३१ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । जसमा १४ हजार ६ सय ३ जना डिस्चार्ज भएका छन् । आइतबार मात्रै १ सय ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ८ सय ५८, प्रदेश नम्बर २ मा ३ हजार १ सय ६४, बागमती प्रदेशमा ५ सय ३४ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७३, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ४६ जना डिस्चार्ज भएका छन् ।
अहिले विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ६ सय ७२ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा २ सय ५१, प्रदेश नम्बर २ मा २ हजार १ सय ७५, बागमती प्रदेशमा ६ सय ६ र गण्डकी प्रदेशमा २ सय ८७ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ९६, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना संक्रमित उपचाररत रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए।
आइतबार पीसीआर विधिबाट ८ हजार ८ सय ६१ वटा परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ९१ हजार २ सय ७० जनाको कोरोना परीक्षण भएको छ । देशभरीका क्वारेन्टिनमा क्वारेन्टिनमा १० हजार ९ सय ३४ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५, प्रदेश नम्बर २ मा १ हजार ४ सय ९४, बागमती प्रदेशमा ७ सय ६९ र गण्डकी प्रदेशमा २ हजार ८ सय ६० जना रहेको छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय २२, कर्णाली प्रदेशमा ४ सय ६८ र सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय १६ जना क्वारेन्टाईनमा रहेका छन् ।
मन्त्रालयले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाइएको उनले बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।
आरडिटी विधिबाट कोरोना परीक्षण नगर्न आग्रह गरेको छ । प्रवक्ता डा। गौतमले आरडिटी परीक्षण नगर्न प्रदेश, स्थानीय तह र अस्पतालहरुलाई आग्रह गर्नुभयो । यस्तै आकस्मिक सेवा सहित अन्य सेवा प्रभावित भएका अस्पतालहरुमा उचित व्यवस्थापन गरी उपचारको व्यवस्था मिलायन पनि उनले आग्रह गरे ।
यसैबीच कोरोनाको जोखिम बढीरहेको र लक्षणसहितका बिरामी बढिरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) परीक्षण नगर्नको लागि निर्देशन दिएको छ ।
गत साउन १४ गते स्वास्थ्य मन्त्रलयले गरेको निर्णय अनुसार सबै प्रदेश, स्थानीय तथा अस्पतालहरुलाई निर्देशन दिएको हो । कोरोना परीक्षणको लागि आरडिटीलाई एक विधि मानिएपनि विश्वसनियता नरहेको भन्दै रोक्न माग गरिएको थियो ।
आरडिटी परीक्षण गर्नको लागि जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, “मिति २०७७ साउन १४ गतेको निर्णय अनुसार कोभिड १९ निदानको लागि आरडिटी परीक्षण नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीय तह तथा अस्पतालहरुलाई पुनः जानकारी गराइएको छ ।”
त्यस्तै देशका विभिन्न अस्पतालहरुमा आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएकोले सेवा सञ्चालन गर्नको लागि आग्रह समेत गरेका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज मात्रै काठमाडौंमा २२ जना भक्तपुरमा १ जना र ललितपुरमा ८ गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया