कुन प्रदेशमा कति जना कोरोना संक्रमण मुक्त ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएकाको संख्या १४ हजार ६ सय ३ जना रहेका छन् ।

कुल संक्रमित मध्ये ७१.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ८५८ जना

प्रदेश २ मा ३१६४ जना

वाग्मती प्रदेश ५३२ जना

गण्डकी प्रदेशमा १३०६ जना

प्रदेश ५ मा ३९७३ जना

कर्णाली प्रदेशमा १७२२ जना

सुदूरपश्चिम प्रदेशमा ३०४६ जना

नेपालमा आज (आईतवार) थप २४६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?