काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका २२, ललितपुरका आठ र भक्तपुरका एक गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौं ११ र ललितपुर ४, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ललितपुरका एक, स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका तीन, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एक जनामा गरि पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको स्वाब परीक्षणमा भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था समान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा आज (आईतवार) थप २४६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।
नेपालमा हिजो (शनिवार) ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया