हाल कोरोना संक्रमित नभएका यी ५ जिल्ला

काठमाडौं । नेपालको ७७ जिल्लामध्ये अहिले ५ जिल्लामा कोरोना संक्रमित छैनन् । ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका ५ जिल्ला

  • भोजपुर
  • मुस्ताङ
  • रसुवा
  • मनाङ
  • संखुवासभा

नेपालमा आज (आईतवार) थप २४६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ । नेपालमा बितेको २४ घण्टामा थप १ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएकाको संख्या १४ हजार ६ सय ३ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?