काठमाडौं । नेपालमा आज (आईतवार) थप २४६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालका यी २ जिल्लामा ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित रहेका छन् ।
यी हुन् ५०० भन्दा बढी संक्रमित भएका २ जिल्ला
- रौतहट
- कैलाली
नेपालमा बितेको २४ घण्टामा थप १ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएकाको संख्या १४ हजार ६ सय ३ जना रहेका छन् । कुल संक्रमित मध्ये ७१.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया