काठमाडौं । नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिला रहेकी छिन् ।
यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनको साउन १७ गते शनिवार मृत्यु भएको हो । ज्वरो खोकी तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएकी ती महिलालाई साउन १४ गते वीरगञ्जको नारायणी बयोदा अस्पतालमा भर्ना गरिएको थियो ।
उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि उनलाई नारायणी अस्थायी कोभिड अस्पताल रिफर गरिएको थियो । उनलाई अस्पताल लैजाने क्रममा नै मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनमा साउन १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया