बाढीबाट विस्थापित परिवारलाई अन्तर्राष्ट्रिय मोहन्याली युवा समाजद्वारा राहत वितरण

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका कैलालीको मोहन्याल गाउँपालिका वडा न ७ का विस्थापित  परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

गत साउन १३ गते राति आएको बाढीका कारण गाउँपालिकाको खैरेनी,फर्साथाइ र पारीगडा लगायत क्षेत्रमा क्षति पुर्याइ २५ परिवार विस्थापित भएका थिए ।

अन्तर्राष्ट्रिय मोहन्याली युवा समाजका अध्यक्ष मदन कठायतको पहलमा स्थानीयको उपस्थितीमा विस्थापित परिवारलाई राहत सामाग्री उपलब्ध गराइएको हो ।

विस्तापित परिवार केहीदिन त्रिबेणी माबि बढीगाउको भवनमा बसेका थिए । विस्थापित परिवारहरुलाई राहत स्वरुप चामल, दाल ,नुन, तेल लगायत रासन पानी उपलब्ध गराएको अध्यक्ष कठायतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?