आईपीएल : सन्दीपको टिम दिल्लीले अगस्ट १५ बाट प्रशिक्षण थाल्ने

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम दिल्ली क्यापिटल्सले प्रशिक्षण अगस्ट तेस्रो साताबाट शुरु हुने भएको छ ।  आईपीएल सेप्टेम्बरमा आयोजना हुने भएपछि दिल्लीले भारतीय खेलाडीलाई अगस्ट १५ बाट क्याम्पमा राख्ने तयारी गरेको हो ।

दिल्लीबाट नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आईपीएल खेल्ने गरेका छन् । सन्दीप लामिछानेले अगस्ट १५ बाट प्रशिक्षण शुरु गर्ने भएका छन् ।

विदेशी खेलाडी भने सिधै युएई आउने दिल्लीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?