काठमाडौं । इंग्लिस एफए कप फुटबलको उपाधिमा आर्सनलले कब्जा जमाएको छ । शनिवार राति भएको फाइनल खेलमा चेल्सीलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधिमाथि कब्जा जमाएको हो ।
फाइनल खेलमा चेल्सी १० खेलाडीमा सिमित भएको थियो । आर्सनललाई उपाधि दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । चेल्सीका क्रिस्टियन पुलिसिचले एक गोल गरे । निकै रोमान्चक बनेको फाइनलमा एक गोलको अग्रता उल्टाएर आर्सनलले उपाधि चुमेको हो । खेलको पाँचौं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, २८ औं मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६७ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।
खेलको ७३ औं मिनेटमा माटियो कोभासिचले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
यससँगै आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया