कोरोनाबाट उत्तर प्रदेशकी शिक्षा मन्त्रीको निधन

काठमाडौं । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला वरुणको कोरोनाका कारण मृत्यु भएको छ । कमला रानी वरण पुरा नाम भएकी उनी यो भन्दा पहिला सांसद समेत थिइन् ।

कमला वरुण उत्तर प्रदेशकी टेक्निकल एजुकेशन मन्त्री थिइन् । उनी कोरोनाबाट संक्रमित थिइन्, र उनको उपचार लखनउको पीजीआईमा भईरहेको थियो ।

उत्तर प्रदेश सरकारकी क्याबिनेट मन्त्री उनको १८ जुलाईमा कोरोनाबाट संक्रमित भएकी थिइन् ।

आईतवार उनको कोरोनाका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?