सर्लाही – सर्लाहीमा शनिबार राति दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाईते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज १ म २३३ नम्बरको मोटरसाइकल शनिबार राति आपसमा ठोक्किँदा लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र रौतहट ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका श्याम साह घाइते भएका छन् ।
उनको धनुषाको महेन्द्रनगरमा उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ । (सांकेतिक तस्वीर )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया