पर्सामा बढेको बढ्यै संक्रमित : मेयर विजय सरावगीको परिवारमा पनि संक्रमण पुष्टि

काठमाडौं – पर्साका विभिन्न स्थानमा गरी थप ४५ जनामा कोरोना भाइरस कोभिड १९ ससंक्रमण पुष्टि भएको छ ।

वीरगञ्जका ४३ जना, सखुवा प्रसौनी गाउँपालिकाका एक जना र निर्मलबस्तीका एक जना गरी मास टेष्टिङ र ‘पेड’ पीसीआर गराएका ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच कोरोना भाईरस ‘कोभिड- १९’ संक्रमित वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको परिवारका दुई जना सदस्यलाई पनि कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । मेयर सरावगीको सम्पर्कमा रहेका अन्य ४ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनको सम्पर्कमा रहेका अन्यको ‘कन्ट्याक्ट ट्रेसिङ’ शुरु गरिएको छ । पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

तरकारी, फलफूल र माछामासु पाउने क्षेत्रका मानिस, पसल सञ्चालक, साउन्ड सर्भिस टेक्निसियन, होम ट्युसन पढाउने शिक्षिका, बढी जनसमपर्कमा रहेकाहरुमा कोरोना संक्रमण पाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?