कोरोनाको प्रकोप : अमेरिकामा झनै बढ्न थाले मृतक र संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व ग्रस्त छ । यो सामाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ८८ हजार ६८३ जनाको मृत्यु भएको छ भने १ करोड ८० लाख ११ हजार ८६६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड १३ लाख २६ हजार २३४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ७०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसका कारण अमेरिकामा १ लाख ५७ हजार ८९८ जनाको मृत्यु भएको छ भने ४७ लाख ६४ हजार ३१८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २३ लाख ६२ हजार ९०३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २२ लाख ४३ हजार ५१७ जना उपचाररत छन् । त्यस्तै १८ हजार ७२० जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा ९ हजार ३५९ जनाको मृत्यु भएको छ भने ५ लाख ९ हजार २९१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ७ हजार २२ जनाको मृत्यु भएको छ भने ४ लाख ८० हजार २८ जनालाई संक्रमण भएको छ । त्यस्तै टेक्सासमा ४ लाख ४९ हजार ७४६ जनालाई संक्रमण भएको छ भने ७ हजार २६६ जनाको मृत्यु भएको छ ।

अमेरिकामा शनिवार मात्रै ५८ हजार ४२९ जनालाई संक्रमण भएको छ भने १ हजार १२३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?