काठमाडौं – वैवाहिक वर्षगाँठ ‘म्यारीज एनिभर्सरी’ मनाउन पुगेको ३५ जना नेपालीमा कोरोना भाईरस ‘कोभिड – १९’ कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ ।
घटना यूरोपेली मुलुक लग्जेम्वर्गमा बसोबास गर्ने नेपालीको हो ।
३५ नेपालीहरु जो वैवाहिक वर्षगाँठ मनाउने पारिवारीक जमघटना सहभागि भएका थिए । सहभागिमध्ये ३५ जना एकैपटक संक्रमित भएका छन् ।
संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणका कारण यो साता विदेशमा रहेका थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना, र अनय देशमा ३ जना गरी यो साता थप २५ जनाको मृत्यु भएको हो ।
भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढिरहेको बताउँदै समितिका संयोजक डा। संजीव सापकोटाले भने, “अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा। सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको पुष्टि यो साता भएको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।” यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।
योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ । शनिवार साँझ सम्म नेपालका ५६ सहित विश्वभर २ सय ४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमालगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोनाभाइरसको संक्रमण रोकिएको छैन ।
यसैबीच नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ । शनिबारसम्म नेपालमा २० हजार ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार ४ सय ९२ जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणका कारण नेपालमा निधन हुनेहरुको संख्या ५६ जना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया