काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व ग्रस्त छ । यो सामाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ८८ हजार ६८३ जनाको मृत्यु भएको छ भने १ करोड ८० लाख ११ हजार ८६६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड १३ लाख २६ हजार २३४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ७०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म ३७ हजार ४०३ जनाको मृत्यु भएको छ भने १७ लाख ५१ हजार ९१९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ११ लाख ४६ हजार ८७९ जना संक्रमण मुक्त भएका छन् भने ५ लाख ६७ हजार ६३७ जना स्वास्थ्योपचाररत छन् ।
त्यहाँ ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शनिवार मात्रै ५४ हजार ८६५ जना संक्रमित थपिएका छन् भने ८५२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया