सुन–चाँदी तस्करसँंग १५ लाखको बार्गेनिङ

अवैध सुन र चाँदी तस्करी सम्बन्धी सुराकी दिने व्यापारी उमेश श्रेष्ठको बागबजारस्थित कोठाबाट थप एक किलो धातु बरामद भएको छ । उक्त धातुको बाहिरी भागमा सुनको जलप र भित्र चाँदी रहेको छ । महानगरीय प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले कोठामा लुकाई राखेको अवस्थामा अवैध धातु बरामद भएको जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले गत सोमबार कमलादीबाट बरामद गरेको भनिएको १५ किलो अवैध धातु र दुुई थान पेस्तोल काण्डका मुख्य योजनाकार प्रहरी जवान बहादुर कठायतको बयानका आधारमा श्रेष्ठको कोठाबाट उक्त धातु बरामद भएको हो ।
प्रहरी परिसर प्रमुख ज्ञवालीका अनुसार दरबारमार्ग प्रहरी वृत्तका सवारी चालक कठायत र श्रेष्ठ साथी हुन् । श्रेष्ठको सुराकीका आधारमा कठायतले सुन–चाँदी तस्करसँंग १५ लाख रुपियाँ नगदको बार्गेनिङ गरेको पाइएको छ ।
त्यस्तै सुन–चाँदी तस्करको समूह बा.६च ५५११ नम्बरको गाडीसहित नक्सालस्थित एक होटलबाट निस्केर बल्खुबाट फरार भएको खबर लुकाउन तिनै चालक कठायतको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको हो । उक्त रहस्यमय घटनाको अनुसन्धानका लागि जवान कठायतलाई प्रहरीले हिरासतमा लिएको छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?