पछिल्लो समय जग्गा कारोबार घट्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागको आर्थिक वर्ष ०७४/७५, ०७५/७६ र ०७६/७७ तथ्यांकअनुसार कारोबार घट्दो क्रममा देखिएको हो ।
आव ०७४/७५ मा ८ लाख ३२ हजार ३ सय १९ संख्यामा जग्गा कारोबार भएको विभागको तथ्यांक थियो । यसैगरी आव ०७५/७६ मा ८२ हजार ८ सय ६८ संख्याले घटेर ७ लाख ४९ हजार ४ सय ५१ संख्या मात्र जग्गा कारोबार भएको छ । आव ०७६/७७ मा ४ लाख ५७ हजार २ सय ९८ संख्यामा जग्गाको कारोबार भएको छ । यो कारोबार संख्या आव ०७४/७५ को तुलनामा आधाले कम र आव ०७५/७६ भन्दा २ लाख ९२ हजार १ सय ५३ संख्याले कम भएको हो ।
सरकारले ल्याएको कित्ताकाटसम्बन्धी नीति र कोभिड–१९ का कारण जग्गा कारोबारमा प्रभाव परेको नेपाल जग्गा तथा आवास विकास संघका उपाध्यक्ष विदुर धमलाले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया