राजधानीसहित देशभर संक्रमण बढ्यो

लकडाउन खुलेको पछिल्लो दुर्ई सातामा मुलुकमा कोभिड–१९ को संक्रमण झन् बढेको छ । संक्रमितको संख्या शनिबारसम्म २० हजार नाघिसकेको छ । उक्त दिन मात्रै ३ सय १५ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार लकडाउन खोल्नुभन्दा अघि र पछिल्ला ११ दिनको तुलना गर्दा संक्रमण ०.८ प्रतिशत बढेको छ । लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८ सय ७७ नमुनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३ सय ४५ नमुना कोरोना पोजिटिभ देखिएको थियो ।

यो कुल संकलित नमुनामा २.८ प्रतिशत हो । केही प्रतिबन्धसहित लकडाउन हटेको पछिल्ला ११ दिन (शनिबारसम्म) मा ५८ हजार १ सय ७४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९२ नमुना कोरोना पोजिटिभ देखिएको छ । यो कुल संकलित नमुनामा ३.६ प्रतिशत हो । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?