कोराना महामारीलगायत कारण उड्डयन तालिका फेरबदल हुँदा नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा व्यहोरेको छ ।
स्रोतका अनुसार निगमको गत आवमा सञ्चालन घाटा मात्रै ५ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । त्यसअघिका वर्षसम्मको सञ्चित ५ अर्ब नोक्सानलाई समेत जोड्दा निगमको घाटा १० अर्ब रुपैयाँ पुगेको हो ।
यसमा ०५७ मा भएको लाउडा विमान भाडा प्रकरणको करिब २ अर्ब रुपैयाँ घाटासमेत समेटिएको छ । गत आवको पहिलो आठ महिनाको यथार्थ खर्च र अन्तिम चार महिनाको प्रक्षेपित खर्चको विश्लेषणका आधारमा निगमले यो तथ्यांक निकालेको हो । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया