यस्तो छ खाडी मुलुक साउदी अरबको पछिल्लो कोरोना अपडेट

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण २ हजार ८ सय ८७ जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख ७७ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ । साउदी अरबमा २ लाख ३७ हजार ५ सय ४८ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २ हजार १६ जनाको अवस्था गम्भिर रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ६ लाख ८५ हजार ७ सय ३ जना मानिसको मृत्यु भइसकेको छ । भने १ करोड ७८ लाख ९७ हजार३ सय ७८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १ करोड १२ लाख ६० हजार ३ सय ३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?