काठमाडौं । युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए फुटबल अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका छन् ।
च्याम्पियन बनिसकेको युभेन्टसले अन्तिम खेलमा आज रोमासँग खेल्दैछ । घरेलु मैदानमा हुने खेलमा रोनाल्डोले खेल्ने छैनन् । युभेन्टसले रोमासँग खेल्ने टोलीमा रोनाल्डोलाई राखेको छैन । च्याम्पियन्स लिगको लागि रोनाल्डोलाई क्लबले विश्राम दिइएको बताईएको छ ।
अन्तिम खेल गुमाउने भएसँगै रोनाल्डो गोल्डेन बुटको दाबेदारबाट समेत बाहिरिएका छन् । यस सिजन ३१ गोल गरेका रोनाल्डो सिरो इम्मोबाइल भन्दा ४ गोलले पछि रहेका छन् । युभेन्टसले दुई खेल अगाबै लिगको उपाधि चुमेको थियो ।
घरेलु मैदानमा युभेन्टस जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै युभेन्टस जितसँगै ट्रफी उचाल्न चाहन्छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया