१५ आश्विन २०७९, शनिवार

मुलुकलाई आर्थिक सम्मुनतितर्फ उन्मुख गराउनुपर्छ : महासचिव पोखरेल

२०७४,आश्विन,७,शनिवार १०:४४

0
Shares

काठमाडौँ, ७ असोज।नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकलाई आर्थिक सम्मुनतितर्फ उन्मुख गराई जनतालाई समृृद्ध पार्नका लागि आफ्नो दलको नेतृत्व आवश्यक रहेको बताएका छन ।टोखा नगरपालिका–६ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले भने– “जनताको सामाजिक रुपान्तरणका लागि कृषि, पर्यटन, पूर्वाधारलगायत विकासका लागि एमालेसँग प्रष्ट दृष्टिकोण छ ।”महासचिव पोखरेलले जैविक विविधताले भरिएको देशको हावापानी, भौगोलिक अवस्थालगायतलाई नजिकबाट आफूहरुले अध्ययन गरिरहेको उल्लेख गर्दै “फरक फरक क्षेत्रमा अलग अलग स्रोत र साधनको सम्भाव्यता देखिएको छ, जहाँ जे उत्पादन गर्दा जनता लाभान्वित हुन्छन्, त्यहाँ लगानी बढाउनुपर्छ,” भने ।प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई अग्रस्थानमा लैजान जनवर्गीय संगठन तथा कार्यकर्ताले जनताको सेवालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार १०:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको राजनीति र समाजलाई ठिक र रुपान्तरणकारी दिशामा ल्याउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मान पूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन् । ३२ औँ

१. आज दसैँको पाचाैँ दिन, देशभरका विभिन्न शक्तिपिठहरुमा नवदुर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजा आराधना गरि मनाइयो । २. निर्वाचनको मिति

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरितका काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ । आयोगले सामाजिक सञ्जाल

ताजा समाचार

रक्षक गौतमले छोडे आर्मी
 २०७९,आश्विन,१५,शनिवार १२:५३