पूर्व समाजवादी पार्टीका नेता अमर सिंहको निधन

काठमाडौं । पूर्व समाजवादी पार्टीका नेता अमर सिंहको निधन भएको छ । उनको ६४ वर्षको उमेरमा सिंगापुरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

केहि दिन पहिला मात्र उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । शनिवार दोश्रो प्रहरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनी समाजवादी पार्टीका पूर्व महासचिव थिए भने उनी राज्यसभा सांसद पनि रहेका थिए । उनले सन् २०१० मै पार्टीबाट राजिनामा दिएका थिए ।

उनको निधनमा भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?