२०७८,बैशाख,३०,बिहीवार

सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने सिईओ रेग्मीको जोड


काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् ।

विश्वव्यापी बनेको कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडी बढाउनुपर्ने डा. रेग्मीले बताए । १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने गरी कुनै पनि पर्यटन नआउने कुरालाई मध्यनजर गर्दै द्रुत गतिबाट कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ । द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा राख्ने र कुनै लक्षण नदेखिए घुम्न पठाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए । चाइनीज टु र अपरेटर्स एलाएन्स नेपाल घोषणा कार्यक्रममा उनले भने, ‘द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा बस्न लगाउने । लक्षण नदेखिएमा घुम्न पठाउने । १४ दिन यता १४ दिन आफ्नो देश फर्केर क्वारेन्टिनमा बस्नुपर्ने अवस्थामा कसरी घुम्न आउँछन पर्यटक ?’

नेपाल र चीनबीचको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको अवसरमा चाइनीज टुर अपरेटर्स एलाएन्स अफ नेपाल घोषणा भएको छ । नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई प्रदान गरिदै आएका सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले एलाएन्स घोषणा गरिएको हो । २५ जना सदस्य रहेको एलाएन्सले विगतमा चिनियाँ व्यवसाय सञ्चालनको क्रममा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडी बढ्ने उद्देश्य राखेको छ । नेपाली टुर एण्ड ट्राभल्स व्यवसायीहरुको छाता संस्थाको रुपमा गठन गरिएको एलाएन्सको संयोजकमा बिश्वेस श्रेष्ठ रहेका छन् । अन्य बोर्ड सदस्यहरुमा बरुण मेहता, कल्याण राज शर्मा, पुष्कर राज पाठक र हरि प्रसाद पराजुली रहेका छन् ।

प्रकाशित मिति: २०७७,श्रावण,१७,शनिवार १९:०८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न

काठमाडौं । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामका सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति,

काठमाडौं । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र

काठमाडौं । विदेश जान नेपाललाई ट्रान्जिट बनाएका भारतीय नागरिकलाई नेपालमै रोक्दा त्यसको गलत सन्देश जाने होटल एशोसिशसन अफ नेपाल (हान)ले

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१