पर्सामा थप ६ जना कोरोना मुक्त

वीरगन्ज । पर्सामा शनिबार ६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । नारायणी अस्पताल कोरोना विशेष अस्थायी अस्पताल गण्डकबाट ६ जना पुरुष डिस्चार्ज भएका नारायणी अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए ।

डिस्चार्ज हुनेमा सबै पुरूषहरू पर्सा जिल्लाकै रहेको नारायणी अस्पतालका डा सिंहले बताए । उनीहरुको कोरोना संक्रमण पुष्टि भएको १० दिनमा कोरोनालाई जितेर घर फर्केको उनले बताए ।

गण्डक कोभिड अस्पताललमा पछिल्लो समय ६० जना संक्रमित भर्ना गरिएकोमा २६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?