सिरी ‘ए’ फुटबल : युभेन्टस र रोमा भिड्दै

काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तर्गत सिजनको अन्तिम चरणको खेलहरु आजबाट शुरु हुँदैछ । सिजनको अन्तिम चरणको खेल अन्तर्गत आज (शनिवार) पाँच खेल हुँदैछ ।

च्याम्पियन बनिसकेको युभेन्टसले अन्तिम खेलमा रोमासँग भिड्ने छ । युभेन्टसले घरेलु मैदानमा रोमासँग भिड्ने छ ।

घरेलु मैदानमा युभेन्टस जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै युभेन्टस जितसँगै ट्रफी उचाल्न चाहन्छ । ३७ खेलबाट युभेन्टसले ८३ अंक जोडेको छ । रोमा ६७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

अर्को खेलमा इन्टर मिलान र एटलान्टाबीच खेल हुनेछ । यस्तै एसी मिलानले काग्लियारीसँग खेल्नेछ । साथै, ब्रेसियाले साम्पडोरिया, नापोलीले लाजियो र एसपीएलले फियोरेन्टिनासँग खेल्नेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?