कुन प्रदेशमा कति कोरोना संक्रमण मुक्त ? (विवरणसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १४ हजार ४ सय ९२ रहेको छ ।

कुल संक्रमित मध्ये ७२.१ प्रतिशत कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ८५६ जना

प्रदेश २ मा ३१४९ जना

वाग्मती प्रदेश ५३२ जना

गण्डकी प्रदेशमा १२५६ जना

प्रदेश ५ मा ३९७१ जना

कर्णाली प्रदेशमा १७१८ जना

सुदूरपश्चिम प्रदेशमा ३०१० जना

नेपालमा आज (शनिवार) थप ३१५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५६  जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?