२०७७, १७ श्रावण शनिबार १६:५४

काठमाडौं उपत्यकामा शनिवार थपिएका संक्रमित कुन जिल्लाका कति ?


प्रकाशित मिति : २०७७, १७ श्रावण शनिबार १६:५४

काठमाडौं । काठमाडौं उपत्यकामा शनिवार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा पाँच जना काठमाडौंका रहेका छन् भने एक जना भक्तपुरका रहेका छन् ।

रष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौं २ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशाला महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना र भक्तपुरका १ जनामा गरि शनिवार उपत्यकामा ६ जनामा कोरोना संक्रमण्ढा पुष्टि भएको हो ।

उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (शनिवार) थप ३१५ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५६  जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

नेपालमा हिजो (शुक्रवार) २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस