कोरोना संक्रमित नभएका यी ६ जिल्ला

काठमाडौं । नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका ६ जिल्ला

  • भोजपुर
  • मुस्ताङ
  • संखुवासभा
  • मनाङ
  • काभ्रेपलाञ्चोक
  • रसुवा

नेपालमा आज (शनिवार) थप ३१५ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५६  जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?