अब नेपालमा साढे ११ हजार मात्र क्वारेन्टाइनमा

काठमाडौं । नेपालमा हाल ११ हजार ५ सय ३३ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । क्वारेन्टाइनमा रहेकामध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ४ सय ४३ जना रहेका छन् ।

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

प्रदेश नं १ मा १ हजार २ सय ५४ जना

प्रदेश नं २ मा १ हजार ५ सय ७३ जना

बाग्मती प्रदेशमा ८ सय ५२ जना

गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना

प्रदेश नं ५ मा १ हजार ५ सय ३६ जना

कर्णाली प्रदेशमा ४ सय ४३ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?