५०० भन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका यी २ जिल्ला

काठमाडौं । नेपालमा आज (शनिवार) थप ३१५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालका यी २ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमितहरु उपचाररत रहेका छन् ।

यी हुन् ५०० भन्दा बढी उपचाररत संक्रमित भएका २ जिल्ला

  • रौतहट
  • कैलाली

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५६  जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?