काठमाडौँ, १५ फागुन- प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाको सुरक्षा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको घेरामा हुने भएको छ । तीन संसद्को सुरक्षामा तीनवटै सुरक्षा निकाय खटाउने तयारी सरकारले गरेको छ सुरक्षामा झन्डै पाँच सय प्रहरी खटिनेछन् । सशस्त्रले प्रत्येक सभामा एक–एक प्लाटुन खटाउनेछ । अनुसन्धान विभागबाट आवश्यकताअनुसार गुप्तचर परिचालित हुनेछन् प्रहरीका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको सुरक्षाको ‘चेन अफ कमान्ड’ एकै ठाउँबाट हुनेछ । दुवै सभाको सुरक्षा कमान्ड एकै व्यक्तिबाट हुनेछ, एसपी त्यसको कमान्डर हुनेछन् । दुवै सभामा एक–एक प्रहरी नायब उपरीक्षक (डिएसपी) कार्यालय रहनेछ । सुरक्षासम्बन्धी अप्रेसन सोही कार्यालयबाट हुनेछ । सशस्त्रबाट एक–एक प्लाटुन खटिनेछन् आजको नयाँ पत्रिकामा खबर छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया