लकडाउन खुलेसँगै ०.८ प्रतिशतले बढ्यो संक्रमण, काठमाडौंमा आज कति थपिए संक्रमित ?

काठमाडौं – बितेको २४ घण्टामा थपिएका ३१५ जना संक्रमितमध्ये ५ जना काठमाडौंका संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पताल काठमाडौंमा गरिएको जाँचका क्रममा २ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा २ जना गरी बितेको २४ घण्टामा काठमाडौंमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत साउन ७ गतेबाट ४ महिना लामो लकडाउन एकाध क्षेत्रबाहेक खुल्ला भएको छ । पछिल्लो एक सातादेखि संक्रमितको चाप बढीरहेको छ । मृतकको संख्या थपिईरहेको छ । हिजो शुक्रबार काठमाडौंमा मात्रै थप ३२ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको थियो। ललितपुरका ५ जनामा, भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
बिहीबार उपत्यकामा थप ४८ जनामा कोभिड १९ पुष्टि भएको थियो।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं भक्तपुर र ललितपुर) लगायत घना बस्ती भएका शहरमा कोरोनाको जोखिम बढीरहेको भन्दै मन्त्रालयले लकडाउन खुलेसँगै (साउन ७ गतेबाट १७ गतेसम्मको अवस्थामा) ०.८ प्रतिशतले संक्रमण बढेको जनाएको छ।

एकबाट दोस्रोमा सजिलै सर्ने यस भाईरसबाट बच्न : 

  • अत्यावश्यक कामबाहेक बाहिर नजान
  • अनिवार्य मास्कको प्रयोग गर्न
  • समयसमयमा साबुनपानीले हात धुन
  • सेनिटाईजर प्रयोग गर्न
  • भौतिक दूरी कायम गर्न
  • एक जिल्लाबाट अर्को जिल्लामा नजान
  • सेनिटाईजरको प्रयोग गर्न  सचेत गराएको छ । नेपालमा हाल ५ हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म कुल संक्रमित मध्ये ७२ दशमलव १ अर्थात १४ हजार ४ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    पछिल्लो २४ घण्टामा मात्र थप ९३ जना कोरोना मुक्त भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आज (शनिबार ) थपिएका संक्रमित समेत गरी नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?