अदालतबाट सफाइ पाएका एसपी दिल्लीराज विष्ट भन्छन् – ‘न्यायको पक्षमा निडर भई देश र जनताको सेवामा समर्पित हुनेछु’

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यापछिको घटनामा लापरबाही गरेको तथा प्रमाण नष्ट गरेको अभियोग लागेका प्रहरी अधिकारीलाई अदालतले गत १५ श्रावणमा सफाइ दिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले प्रमाण नष्ट र यातनाविरुद्धको मुद्दामा तत्कालीन एसपी दिल्लीराज विष्टसहित, डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी हमाललाई सफाइ दिएको हो ।

यसैबीच अदालतबाट सफाइ पाएका एसपी दिल्लीराज विष्टले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै परिस्थितिको सामना गर्न सक्ने सकारात्मक ऊर्जा र आत्म बल बढाउन योगदान गरेकालाई धन्यवाद् दिएका छन् । उनले लेखेका छन् :

इमान्दारीपूर्वक कर्तव्य पालनमा खटिएका प्रहरी कर्मचारीहरुलाई केही व्यक्तिहरूबाट पूर्वाग्रह र प्रतिशोध राखी षडयन्त्र, भ्रम,अफवाहहरुका रहस्यमय छालहरुले हिलो छ्याप्ने, अपमानपूर्ण व्यवहार गर्ने र बदला लिने कार्य हुँदा सही र यथार्थताको लागि वकालत गर्नु हुने सम्पूर्ण अग्रजज्यूहरु, शुभ चिन्तकज्यूहरु, दाजु९भाइ९ दिदी९ बहिनीहरु सहित फेसबुक मित्रहरुमा यहाँहरुबाट प्राप्त अमूल्य हौशला, उत्साह, सदभाव,सहानुभूति राखी परिस्थितिको सामना गर्न सक्ने सकारात्मक ऊर्जा र आत्म बल बढाउन योगदान गर्नु भएकोमा हार्दिक कृतज्ञता र आभार व्यक्त गर्दछु। साथै आगामी दिनहरुमा पनि धैर्यता, संयमता , सहनशीलता सहित हरेक पलहरुमा उच्च मनोबलका साथ सकारात्मक सोच राखी अन्याय र अत्याचारको विरुद्व संघर्ष गर्दै न्यायको पक्षमा निडर र निर्भिक भई जीवनको अन्तिम क्षण सम्म देश र जनताको सेवामा समर्पित रहने कुरामा विगत दिनहरूमा जस्तै पूर्ण प्रतिबद्ध रहने छु। धन्यवाद्।

बालिका पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुग्दापनि अहिलेसम्म प्रहरीले दोषी को हो भन्ने सार्वजनिक गरेको छैन ।

(यो समाग्री एसपी विष्टको सामाजिक सञ्जालबाट लिईएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?