१५ हजार परिवार लालपुर्जाविहीन

हेटौंडा — गरिखाने जग्गा छ, प्रमाण छैन । घर छ, आफ्नो नाममा होइन । एक शताब्दीअघिदेखि भोगचलन गर्दै आएको जमिन र आश्रय लिँदै आएको घरको स्वामित्व धियालवासीमा छैन मकवानपुरको सुदूरपूर्वमा पर्ने धियाल कालापानीमा झन्डै सय वर्षअघि वीरबहादुर थिङका बाजेले पहिलो घर बनाएर बसेका थिए । नातिको उमेरले समेत नेटो काटिसक्दा पनि उनको परिवारले लालपुर्जा पाएको छैन । धियालका ३ प्रतिशत बासिन्दासँग मात्र घरजग्गाको लालपुर्जा छ वीरबहादुरका बावु र बाजे लालपुर्जा नपाईकन बिते । लालपुर्जा हातमा नपरीकन आफू पनि मरिने हो कि भन्ने पिरले बकैया गाउँपालिका–२ साबिकको धियाल गाविस कालापानीका ७४ वर्षीय वीरबहादुर थिङलाई सताउन थालेको छ थिङको मात्र होइन बकैया–३ तिनभंगालेका ७३ वर्षीय नरबहादुर लामाको पनि हातमा घरजग्गाको लालपुर्जा परेको छैन । लामाको परिवार पनि यहाँ पुस्तौंदेखि बस्दै आएका हुन् । बकैया गाउँपालिका २ र ३ स्थित धियालका ९७ प्रतिशत बासिन्दाको अवस्था वीरबहादुर र नरबहादुरको भन्दा भिन्न छैन । वडाध्यक्ष वीरमान बलले भने, ‘बकैया गाउँपालिकास्थित धियालको २ र ३ नम्बर वडाका मुस्किलले ४० जनाको मात्र लालपुर्जा होला, त्यो भन्दा बढी छैन, बरु कमै होला ।’पूर्वी भेगमा पर्ने ती दुई गाउँपालिकामा करिब १५ हजार परिवार लालपुर्जाविहीन भएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए फिल्डबुकमा नाम भए पनि कैफियतमा ऐलानी जग्गा लेखेकाले त्यस क्षेत्रका बासिन्दाले लालपुर्जा पाउन नसकेको मालपोत कार्यालय मकवानपुरका प्रमुख मुक्तिनारायण भण्डारीले बताए, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?