सिद्धार्थ आनन्दको ‘एक्शन’ फिल्ममा देखिँदैछन् ऋतिक रोशन

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन बितेको वर्ष सुपर ३० र वार जस्ता सुपरहिट फिल्ममा देखिएका थिए ।

उनको फिल्म हेर्नको लागि उनका फ्यान्सहरु पर्खिरहेका छन् । उनी यो महामारी सकिएलगत्तै कृष ४ मा देखिने छन् ।

कृष ४ बाहेक पनि उनी अर्को फिल्म प्रोजेक्टमा देखिने भएका छन् । जसलाई वारका डाइरेक्टर सिद्धार्थ आनन्दले बनाउने भएका छन् ।

उनी कुन फिल्ममा देखिने छन् भन्ने कुरा अहिलेसम्म अनाउन्समेण्ट भईसकेको छैन । तर सिद्धार्थको अघिल्लो चलचित्रमा उनी देखिने पक्का जस्तै भएको छ ।

सिद्धार्थले स्क्रिप्ट ऋतिकलाई सुनाईसकेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?