वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बकर इदले समृद्धिको अभियानमा दृढतापूर्वक लागि पर्न सबैलाई प्रेरणा र मार्गदर्शन दिने विश्वास व्यक्त गरेका छन् । बकर इद (इद उल अजहा) का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले विविधताबीच पनि सहिष्णुता, सहअस्तित्व, आपसी सम्मान, भ्रातृत्वभाव एवं एकता सदियौँदेखि नेपाली पहिचानका रुपमा रहिआएको बताएका छन् । उनले नेपालको संविधानले समेत यस विविधतालाई स्वीकार गरेको उल्लेख गरेका छन् ।
“मुस्लिम समुदायको महान् पर्व बकर इद (इद उल अजहा) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।
सन्देशमा उनले भनेका छन्, “नेपाल विविधताले भरिपूर्ण देश हो, विविधताबीच पनि सहिष्णुता, सहअस्तित्व, आपसी सम्मान, भ्रातृत्वभाव एवं एकता सदियौँदेखि नेपाली पहिचानका रुपमा रहिआएको छ, नेपालको संविधानले समेत यस विविधतालाई स्वीकार गरेको छ, संविधानमार्पmत यस देशमा बसोबास गर्ने प्रत्येक नागरिकको धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत अधिकार निर्बाध उपभोग गर्दै आत्मसम्मानयुक्त जीवनयापन गर्ने अधिकारलाई सुनिश्चित गरिएको छ, लामो राजनीतिक अस्थिरताको अन्त्य गर्दै देश समृद्धिको मार्गचित्रमा अगाडि बढेको छ, हामी सबैको इमान्दार प्रयास, दृढ सङ्कल्प र मिहिनेतबाट समृद्धिको सपनालाई यथार्थतामा परिणत गर्न सकिन्छ ।” रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया