काठमाडौं । पाकिस्तान पुलिसले शुक्रवार अफगानिस्तान सीमामा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । साथै ३० जना भन्दा धेरै घाईते भएका छन् ।
प्रदर्शनकारीहरुले अफगानिस्तान सीमामा एक चौकी खोल्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए । त्यहि बेला पुलिसले प्रदर्शनकारीमाथि गोली चलाएको थियो ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कोरोना महामारीका कारण बलूचिस्तानमा चमन सीमा चौकी बन्द गरिएको थियो ।
जसका कारण एक लाख भन्दा धेरै मानिस बेरोजगार भएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया