नेता पौडेलद्वारा बकर इदको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बकर–इद (इदुल जोहा) का अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक शुभकामना सन्देश जारी गर्दै विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति रहेको नेपालमा यस पर्वले एकापसमा सद्भाव, मेलमिलाप र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकताको भावना मजबुत बनाउनुका साथै आर्थिकरुपमा समृद्ध नयाँ नेपाल निर्माणको अभियानमासमेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?