यसै साता एसईईको नतिजा आउँदै

राष्ट्रिय परीक्षा बोर्डले यही साताभित्र आन्तरिक मूल्यां‌‌‌‌कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । कोरोना संक्रमण र बाढीपहिरोका कारण नतिजा प्रकाशित गर्न केही दिन ढिलो हुने बोर्डले जनाएको छ ।
७७ वटै जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको अंकको विवरण प्राप्त भइसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?