सांसद सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य र स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन् । संक्रमित हुनेहरुमा १५ वर्षका बालक देखि ६८ वर्षकी वद्घ महिला रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएकाअनुसार शुक्रवार राति संक्रमण पुष्टि भएका ६४ जना मध्ये प्रतिनिधी सभा सदस्य एक जना र नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यस्तै, मास ट्रेसिङमा पिसिआर जाँच गराएका ४५ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका १०, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना, प्रतिनिधी सभा सदस्यका चालक र अङ्गरक्षक १-१ जना रहेको मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए ।

साउन ११ गते देखि १६ गते सम्मका स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। निरज सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?