वीरगञ्ज । वीरगंज महानगरपालिकाको वडा नं. ३१ मिलनचौकमा कोरोना संक्रमितको शव गाड्ने बिषयमा स्थानीय र प्रहरीबिच झडप हुँदा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।
कोरोना संक्रमितको शव गाड्ने क्रममा वीरगंज महानगरपालिकाको वडा नं. ३१, मिलनचौकका स्थानियहरुले अवरोध गरेपछि झडप भएको हो । सयौंको संख्यामा मिलनचौकमा जम्मा भएका स्थानियहरुले आफ्नो क्षेत्रमा शव गाड्न नहुने अडान लिएपछि प्रहरीले आश्रु ग्यास र हवाई फायर समेत गरेको छ । प्रहरीले ६ राउन्ड आश्रु ग्यास र ६ राउण्ड हवाई फायर गरे पनि स्थानियहरु पछाडी हटेका छैनन् ।
प्रहरीले आश्रु ग्यास र हवाई फायर गरेपछि बिरोधमा उत्रेका स्थानियहरुले ढुंगामुडा समेत गरेका छन् । स्थिति तनावपूर्ण रहेको स्थानिय युवा प्रकाश कुमारले वताए ।
घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिती रहेको छ भने नेपाली सेना मिलनचौकमा देखिएको छैन् ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव गाड्नको लागि दुईटा जेसिभि समेत मिलनचौक पुगेको छ । कोरोना संक्रमितको शव व्यवस्थापनको लागि मिलनचौक पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित जेसिभि देख्ने वित्तिकै स्थानियहरु बिरोधमा उत्रेका थिए ।
यस अघि पनि साउन १२ गते मिलनचौकबासीको अवरोधका कारण शव व्यवस्थापनमा समस्या आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया