धादिङमा प्रशासनबाट अन्तरजिल्ला जाने पास बन्द

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई बन्द गरेको छ ।

आज सूचना जारी गर्दै काठमाडौं लगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने गरेको पास हाललाई बन्द गर्ने निर्णय गरेको हो ।

विभिन्न जिल्लाबाट नागढुङ्गा हुँदै काठमाडौं प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेकाले हाललाई पास बन्द गरेको सूचनामा उल्लेख गरिएको छ । अहिले धादिङ जिल्लामा आन्तरिक रुपमा सार्वजनिक सवारीसमेत सञ्चालनमा छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?