मंगल ग्रहमा पहिलो पटक जाँदैछ हेलिकप्टर !

काठमाडौं । मंगल मिशनलाई लिएर अमेरिका सहित अन्य केहि देशमा आफ्नो स्वामित्व साबित गर्नेको होड लागेको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि आफ्नो मार्स मिशन लञ्च गर्दैछ । विशेष कुरा त यो हो कि, नासाले पहिलो पटक मंगल ग्रहमा रोवरको साथमा एक हेलिकोप्टर पनि पठाउँदै छ । तर यो एक ड्रोन हेलिकप्टर रहेको छ ।

जो डेटा संकलन गर्नको लागि काममा आउनेछ । नासाको यो मार्स मिशनको नाम परसिवरेन्स मार्स रोवर र इन्जीन्यूटी हेलिकोप्टर रहेको छ । परसिवरेन्स मार्स रोवर करिव १ हजार किलोग्राम गह्रौँ रहेको छ ।

हेलिकप्टरको तौल भने तौल २ किलोग्राम रहेको छ । पहिलो पटक मार्स रोवर प्लूटोनियमलाई इन्धनको माध्यमबाट उपयोग गरिँदै छ । यो रोवर मंगल ग्रहमा १० वर्षसम्म काम गर्नेछ । यसले मंगल ग्रहको तस्वीर, भिडियो र बाँकी चिजहरुको नमूना संकलन गर्नेछ ।

यसमा ७ फिटको रोबोटिक आर्म, २३ क्यामेरा र एक ड्रिल मेशिन पनि रहनेछ । परसिभरेन्स मार्स रोवर र इन्जीन्यूटी हेलिकप्टर मंगल ग्रहमा कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउन काम गर्छन् ।

साथै मौसमको अध्ययन गर्नेछन्, जसबाट भविष्यमा मंगलग्रहमा जाने एस्ट्रोनोट्सलाई त्यहाँ बस्न सहज हुनेछ ।

जानकारी होस् कि, मंगल मिशनमा जाने हेलिकोप्टरको नामाकरणको लागि नासाले नेम द रोवर नामक एक प्रतियोगिता राखेको थियो । जसमा २८ हजार प्रतियोगी सहभागी थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?