काठमाडौं – लकडाउन खुलेयता काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर ) सहित घना बसोबास भएका सहरी क्षेत्र, आउजाउ भईरहने स्थानहरु, जनसम्पर्क भईरहने कार्यालयहरु, बिरामीसँग घुलमिल भईरहनुपर्ने चिकित्सकहरुमा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण बढीरहेको छ । मृतक थपिईरहेका छन् ।
बितेको २४ घण्टामा कहाँ कतिजना थपिए ?
झापाका १३ जना , मोरङका १५ जना, धनुषाका १ जना, बाराका ४ जना र सर्लाहीका १ जना, पर्साका ४१ जना, रौतहटका ३ जना, बझाङका २५ जना, कैलालीका १५ जना, काठमाडौंका ३२ जना, नुवाकोटका २ जना, ललितपुरका ५ जना, नवलपरासी पूर्वका २ जना, मकवानपुरका १ जना, दार्चुलाका १६ जना, कञ्चनपुरका १८ जना, सप्तरीका १ जना, भक्तपुरका १ जना, कास्कीका ३ जना, म्याग्दीका २ जना, तनँहुका १ जना, गुल्मीका २ जना, रुपन्देहीका १ जना, बाँकेका १ जना, दैलेखका २ जना, दाङका ३ जना, बैतडीका १० जना र डोटीका ३ जना
यसैबीच बितेको २४ घण्टामा काठमाडौंमा मात्रै थप ३२ जनामा कोरोना भाईरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणका क्रममा थप ३ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा थप २ जना, विर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा १ जना, प्रहरी अस्पतालमा गरिएको परिक्षणमा १८ जना गरी बितेको २४ घण्टामा थप २८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । हिजो (बिहिबार) काठमाडौंमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ललितपुरका पाँच जनालाई कोरोना संक्रमण :
पछिल्लो २४ घण्टामा ललितपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ललितपुरका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको स्वाब परीक्षणमा दुई जना, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा दुई जना र नेपाल प्रहरी अस्पताल प्रयोगशाला महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा एक जनामा गरि ललितपुरमा आज (शुक्रबार) पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपाल कोरिया मैत्रीपूर्ण अस्पताल भक्तपुरमा गरिएको स्वाब परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बढेको बढ्यै संक्रमित :
नेपालमा आज (शुक्रवार) थप २२४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५६ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै कोरोना संक्रमणको कारण थप ४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ पुगेको छ । कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका हुन् ।
नेपालमा हिजो (बिहीवार) २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आईसियू नपाउन सकिन्छ, बेलैमा होसीयारी अपनाऔँ !
एकातिर चार महिना लामो लकडाउन अन्त्य अर्कोतिर संक्रमितको संख्या बढ्दो ग्राफमा जानु । यहि साउन ७ गतेदेखि एकाध बाहेक सबैजसो सेवा सञ्चालनमा आएका छन् । भिडभाड बढेको छ । नेपालमा जोखिम बढेको बुझ्न सकिन्छ भने कतिपय ‘समुदायमा कोरोना संक्रमण’ पुगिसकेको छ । यसैबीच संक्रमणको पछिल्लो अपडेट दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सावधानी, सर्तकता र होसीयारी अपनाउनको लागि अनुरोध गरेको छ ।
हालसम्म मास्कको प्रयोग नगर्ने २ लाख जनालाई कारवाहि गरिएको, भारतबाट हिजोमात्रै ६५९ जना नेपाल भित्रिएको र नेपालबाट ५०६ जना नेपालबाट भारत गएको, छिमेकी मुलुकमा संक्रमणको दर उच्च रुपमा बढीरहेको , नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक भारतका उत्तराञ्चल, उत्तर प्रदेश, बिहार र वेस्ट बंगालमा संक्रमितको दर बढ्नु र आवतजावत नरोकिनु, विरगञ्जमा चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिनु (त्यहाँ स्वास्थ्य सावधानीका मापदण्ड अपनाएको नपाईनु) सिरहामा भएको आमसभा, काठमाडौमा भएका सभा, आन्दोलन, भिडभाड, घना बस्ती भएका शहरहरुमा निष्फिक्री घुमिरहेका मानिसहरुको समूह, भारतबाट कामदार ल्याई नेपालमा जाँच गर्दा कोरोना पोजेटिभ पाईएको, समूहमा हिँड्ने जस्ता कारण यहि अवस्था रहँदा संक्रमणको दर उच्च रहने र संक्रमितको लागि अस्पतालको बेड र सघन उपचार कक्ष समेत नपाउने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै चेतावनी दिएको छ ।
पछिल्लो समय प्रहरी, स्वास्थ्यकर्मी, नाकामा खटिएकाहरु, जनसम्पर्कमा काम गर्ने व्यक्ति र समूहमा कोरोनाको संक्रमण दर उच्च भएको भन्दै तोकिएका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनको लागि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।
यस्तो छ, मृतकको विवरण :
नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ ।
भएका सबै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका रहेका छन् । मृत्यु हुनेमध्ये ३ जना पुरुष र १ जना महिला रहेकी छिन् ।
यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष रहेका छन् । उनको बिहीवार राति ११ बजे निधन भएको हो । उनमा मुटुसम्बन्धि समस्या रहेको थियो । उनलाई भेन्टिलेटर र आईशियुमा राखेर उपचार गरिएको थियो । उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो । भने मृत्युको समयमा उनको शरिरमा अक्सिजनको मात्रा कमि हुँदै गएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
त्यस्तै अर्का मृतक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं निवासी ३५ वर्षीय पुरुष रहेका छन् । उनको बिहीवार राति ७:४० बजे गण्डक अस्पताल वीरगञ्जमा निधन भएको हो । उनको स्वास्थ्यमा समस्या आएपछि निजी क्लिनिक हुँदै गण्डक अस्पताल आएका थिए । उनमा ज्वरो तथा श्वास प्रश्वासमा समस्या आएकोले साउन १३ गते गण्डक अस्पताल भर्ना भएका थिए । उनको साउन १५ गते कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए ।
त्यस्तै अर्का मृतक पनि पर्सा कै रहेका छन् । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २ छप्कैया निवासी ६५ वर्षीय पुरुष रहेका छन् । उनको साउन १५ गते मृत्यु भएको हो । उनको मृत्यु पश्चात गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो ।
त्यस्तै मृत्यु हुने अर्की महिला पनि पर्साकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं ११ स्थायी घर भइ हाल ललितपुर बस्ने ६५ वर्षीया महिलाको आज मृत्यु भएको छ । उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । मधुमेह तथा प्रेसर सम्बन्धि समस्या भएकी उनलाई साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन् । ज्वरो तथा श्वास प्रश्वास सम्बन्धि समस्या भइ उनी स्टार अस्पतालमा भर्ना भएकी थिइन् । कोरोना पुष्टि भएसँगै उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ८३१ जना
प्रदेश २ मा ३१०१जना
वाग्मती प्रदेश ५२६ जना
गण्डकी प्रदेशमा १२४४ जना
प्रदेश ५ मा ३९७१ जना
कर्णाली प्रदेशमा १७१८जना
सुदूरपश्चिम प्रदेशमा ३००८ जना
५०० जना भन्दा बढी कोरोना संक्रमित उपचाररत २ जिल्ला :
रौतहट
कैलाली
कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ६५ औँ स्थानमा
नेपाल कोरोना भाइरस संक्रमितको हिसावले विश्वको ६५ औँ स्थानमा रहेको छ । कोरोना संक्रमितको हिसावले सबैभन्दा अगाडि अमेरिका रहेको छ भने दोश्रोमा ब्राजिल र तेश्रो स्थानमा भारत रहेका छन् । त्यस्तै चौथो नम्बरमा रुस रहेको छ ।
नेपालमा कति छन् सक्रिय संक्रमित ? यस्तो छ प्रादेशीक विवरण
कुन प्रदेशमा कति छन् ‘एक्टिभ केस ?’
प्रदेश नं १ मा २ सय २२ जना
प्रदेश नं २ मा २ हजार ३४ जना
वाग्मती प्रदेशमा ५ सय ७२ जना
गण्डकी प्रदेशमा ३ सय २४ जना
प्रदेश नं ५ मा ३ सय ८५ जना
कर्णाली प्रदेशमा २ सय ९६ जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया